प्रचण्डलाई भोलि भेट्न नपाइने !

प्रचण्डलाई भोलि भेट्न नपाइने !

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भोलि बिहान भेट्न नपाइने भएको छ ।

काम विशेषले बाहिर जानुपर्ने भएकोले बधाई तथा शुभकामना दिन खुमलटार नआउन आग्रह गरिएको छ । सचिवालय सदस्य सूर्यकिरणले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोलि बिहान सम्माननीय प्रधानमन्त्रीज्यूको बाहिर कार्यक्रम परेको हुनाले निवास खुमलटारमा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम नरहेको जानकारी गराउँदछौं ।’

No description available.

तर प्रधानमन्त्री प्रचण्ड कहाँ जाँदैछन् भनेर उनले खुलाएका भने छैनन् । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि उनको निवास खुमलटारमा बिहान बेलुका निकै भिड हुने गरेको छ ।

Logo