शेखर पक्षले भन्यो- ‘पुस १० को घटना सामान्य होइन, जनतामा निराशा छायाे’

शेखर पक्षले भन्यो- ‘पुस १० को घटना सामान्य होइन, जनतामा निराशा छायाे’

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्य रुपमा काँग्रेसीहरुले लिन नमिल्ने बताएका छन् । 

बुधवार काँग्रेस संस्थनापन इतरपक्षहरुको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । सहमहामन्त्री परियारले काँग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको बताए । उनले राजनीतिक रुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरंगित बनेको बताए । 

सहमहामन्त्री परियारले संस्थापन इतर पक्षको बैठकमा पुस १० गतेको राजनीतिक घटनाक्रम समसामयिक राजनीतिको विषयमा छलफल भएको बताए ।

उनले भने, ‘आजको छलफलमा पुस १० गतेको घटना सामान्य घटना होइन । नेपाली काँग्रेसको विषयमा कुरा गरेका छौँ । हामीले धेरै ठूलो तात्विक असर गर्छ । राजनीतिक रुपमा यो घटनाले सिंगो देशलाई तरंगित बनाएको छ । जनताको भरोसा र विश्वासलाई हाम्रो नेतृत्वले दिन सकेन । केन्द्रिय कार्यसमितिको बैठकमा यसको समीक्षा हुनुपर्छ । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भयो । अहिले नै हामीले विशेष महाधिवेशन बोलाउने कुरा विविध विषयको बारेमा छलफल भएको छैन ।’
 
पार्टीका अर्का सहमहामन्त्री बद्री पाण्डेले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रिय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए । उनले काँग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भुमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने बताए । पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजिनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको भएपनि कार्यसमितिको बैठकमा यसबारेमा चर्चा हुने उनले बताए । 
 
नेपाली काँग्रेस संस्थापन इतर पक्षको बैठकमा काँग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोईराला लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

Logo