उपप्रधान तथा गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन

उपप्रधान तथा गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन्।  उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । 

राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले विभागको अनुगमन गरेका हुन् । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय पनि गरेको थियो । मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै लामिछाने सुशासनको पक्षमा काम गराउन एक्सनमा उत्रिसकेका छन् । उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए । 

Logo