एमालेको बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत

एमालेको बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत चयन भएका छन् । बिहीबार हेटौँडा– १० स्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले थपलियालाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

चितवन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित थपलिया एमालेको केन्द्रीय सदस्य पनि हुन्। उनी यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारसमेत रहेका थिए। केन्द्रमा फेरिएको राजनीतिक गठबन्धनसँगै बागमती प्रदेशमा एमालेको दलको नेतालाई महत्वका साथ हेरिएको छ।बागमतीको नेतृत्व एमालेले पाए थपलिया नै प्रदेशको चौथो मुख्यमन्त्री बन्नेछन्।

Logo