जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।  

शनिवार बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ । साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ । 

संघीय सरकारलाई समर्थन गरेपनि पार्टी सरकारमा सहभागी भएको छैन । तर आजको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।

Skip This
Skip This
Logo