नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताएका छन् ।
आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता खतिवडाले यस्तो हल्लाकाे पछि नलाग्न सबैलाई आग्रह गरेका गरेका हुन् । उनले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार हल्लाको पछि नलाग्न आग्रह गरे । बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएकाेसमेत उनले जानकारी दिए ।
साथै प्रवक्ता खतिवडाले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको पनि प्रष्ट पारेका छन् ।
बैठकमा पूर्वसत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका रहे नरहेको बारेमा पनि छलफल भएको थियो । सो क्रममा कांग्रेस समापति शेरबहादुर देउवाले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउने पूर्वसर्त पूरा नभएपछि टुक्रिएको बारेमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।





























प्रतिक्रिया