नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताएका छन् ।
आइतवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव खतिवडाले यस्तो बताएका हुन् । उनले पार्टीले भोलि (सोमवार) का लागि पार्टीको पोलिटब्युरो बैठक डाकेको पनि बताए । पोलिटब्युरो बैठकबाट आएका सुझावहरुका आधारमा मात्रै सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने बताए ।
उनले भने- ‘पार्टीको स्थायी कमिटीको बैठकले भेलि पोलिटब्युरो बैठकको आयोजना गरेका छौँ । पोलिटब्युरो बैठकले के सुझाव दिन्छ, त्यसपछि मात्रै यावत विषयहरुमा थप धारणाहरु बाहिर ल्याउनेछौँ । हामीले समसामयिक राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल गरेका थियौँ । पार्टी एकता बाहिरको हल्ला मात्रै हो ।’
उपमहासचिव खतिवडाले बैठकले पार्टी निर्माण, सुदृढीकरण र बिस्तारका बारेमा छलफल गरेको पनि बताए ।































प्रतिक्रिया