प्रधानमन्त्रीद्वारा विभिन्न मन्त्रालयको कामकारबाहीबारे चासो व्यक्त, निर्देशन भोलि आउने

प्रधानमन्त्रीद्वारा विभिन्न मन्त्रालयको कामकारबाहीबारे चासो व्यक्त, निर्देशन भोलि आउने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन् । 

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका कामकारबाहीको प्रधानमन्त्री प्रचण्डले विवरण लिएका हुन् । सरकार प्रमुखको हैसियतले उनले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीेले जानकारी दिए । 

त्यसक्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेका थिए ।  

तर सबै मन्त्रालयका सचिवहरुले आजै सबै विवरण भने प्रधानमन्त्री समक्ष पेश गर्न सकेका छैनन् । मुख्यसचिव बैरागीका अनुसार भोली पुनःछलफल हुने र प्रधानमन्त्री दाहालले नेपाल सरकार सचिवहरुलाई निर्देशन दिनेछन् । प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो पटक विभिन्न मन्त्रालयका कामकारबाहीबारे चासो लिएका हुन् । उनले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिवद्धता व्यक्त गरेका थिए । 

Skip This
Skip This
Logo