मुटुमा समस्या देखिएपछि पूर्व सांसद रेशम चौधरी अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि पूर्व सांसद रेशम चौधरी अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टीका पूर्व सांसद रेसम चौधरी अस्पताल भर्ना भएका छन् । दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भर्ना भएका हुन् ।

डिल्लीबजारस्थित कारागारका जेलर गणेश आचार्यकाअनुसार केही दिनदेखि मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएकाले पूर्व सांसद चौधरीलाई अस्पताल भर्ना गरिएको हो । पाँच वर्ष अगाडि टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीले उनलाई दाेषी ठहर गरेकाे थियाे । उक्त घटनामा सुरक्षाकर्मी सहित ८ जनाको ज्यान गएको थियो ।

उनलाई विः स २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।

राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रेसम चौधरीले २०७५ पुस १९ मा शपथ लिएका थिए । पूर्व सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

Logo