प्रधानमन्त्री प्रचण्डले भेटे कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबालाई

प्रधानमन्त्री प्रचण्डले भेटे कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबालाई

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग भेट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर पाण्डेसँग भेट गरेका हुन् । भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । 

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुबा पाण्डेलाई आग्रह गरेका छन् ।

तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड गएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुगेका थिए । गत शुक्रबार राति ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा उनको होटलको १२औँ तलाको कोठामा बास बसेको बेला दुःखद निधन भएको थियो । सो घटनामा निराकारसहित १९ जनाको निधन भएको थियो । 

Logo