नेकपा एमालेका सांसद् योगेश भट्टराईले ताप्लेजुङ र चिनको स्वशासीत क्षेत्र तिब्बतको सिमानामा रहेको टिप्तला (रिउ) नाका शुचारु गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
कोभिड -१९ को महामारीपछि हालसम्म पनि बन्द रहेको अवस्थामा भट्टराईले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र दक्षिण पूर्व-एशिया र प्यासिफिक डिभिजन विभाग हेर्ने लोकबहादुर थापालाई भेटेर नागरिकको जिवनयापनमा सहजताका लागि नाका खोल्न आवश्यक पहल गर्न माग गरेका हुन् ।
नाका बन्द भएका कारण ताप्लेजुङको फक्तालुङ गाउँपालिका र आसपासका बासिन्दाहरुका लागि दैनिक खाद्यान्न, लताकपडा, औषधी उपचारका साधै अत्यावश्यक सेवामा समस्या परिरहेको छ ।





























प्रतिक्रिया