जसपा मधेसले आज संसदीय दलको नेता चयन गर्दै

जसपा मधेसले आज संसदीय दलको नेता चयन गर्दै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)ले शुक्रबार मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्दै छ ।

बिहीबार बसेको दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताए ।पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको उनले जानकारी दिए ।

संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको छ । साहले सकेसम्म सर्वसम्मत नेता चयनका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने जानकारी दिए ।मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर प्रदेशसभामा १६ सदस्य रहेका छन् । 
 

Skip This
Skip This
Logo