न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ ।
शुक्रवार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्युनतम साझा कार्यक्रम तयार भएको जनाएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताए । उनले शनिवार शीर्ष नेताहरुको संयन्त्रमा सरकारका न्युनतम साझा कार्यक्रमहरु प्रश्तुत गर्ने बताए ।
प्रवक्ता ढकालले न्युनतम साझा कार्यक्रम जनताको डेलिभरिको पक्षमा रहेको र परिवर्तनको आभाष हुनेगरी न्युनतम साझा कार्यक्रम आएको दाबी गरे ।
‘यो कार्यदलले आफ्नो प्रतिवेदन बनाएको छ र भोलि शीर्ष नेताहरुको संयन्त्रमा कार्यदलले बनाएको प्रतिवेदन पेस हुनेछ । जनताको डेलिभरिको पक्षमा परिवर्तनको आभाष हुनेगरी कुराहरु समेटिएका छन् । राम्रो न्युनतम कार्यक्रम बनेको छ ।’ उनले भने, ‘यसलाई भोलि शीर्ष तहले स्वीकृत गरेपछि सार्वजनिक हुनेछ । जनतालाई अब चाहीँ केही हुन्छ भन्ने आभाष हुने खालका कार्यक्रम आएका छन् । जनतालाई परिवर्तनको आभाष दिलाउने सरकार हो भन्ने महशुस गराउने गरी न्युनतम साझा कार्यक्रम आउने छन् ।’
पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलसमशेर राणा र जन्ता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ रहेका छन् ।





























प्रतिक्रिया