नयाँ मन्त्रीहरुले बोलेका कुरा मात्रै गरिदिए मुलुकको धेरै समस्या हल हुनेछ -अध्यक्ष तिमिल्सिना

नयाँ मन्त्रीहरुले बोलेका कुरा मात्रै गरिदिए मुलुकको धेरै समस्या हल हुनेछ -अध्यक्ष तिमिल्सिना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् । 

अध्यक्ष तिमिल्सिनाले नयाँ मन्त्रीहरुले बोलेका कुरा गरिदिए मुलुकको धेरै समस्या हल भएर जाने समेत बताएका छन् । ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर सरकारले काम गर्नुपर्ने स्पष्ट पारे । 

अध्यक्ष तिमिल्सिनाले गठबन्धन सरकारले मिलेर रामो काम गर्नुपर्ने बताए । उनले चुनावमा जनतामाझ गरिएका प्रतिवद्धता अनुसार काम गर्न पनि मन्त्रीहरु लाग्नुपर्ने बताए । 

उनले भने, ‘अवका दिनहरुमा हामी सबैले खासगरी निर्वाचित जनप्रतिनिधिहरुले मैले के गरे भनेर दैनिक हेरेर गठबन्धन सरकारको नियति त रहिरहन्छ । आलोपालो सबैलाई मन्त्री पु-याउनु पर्ने हुन्छ । एउटाको बहुमत नआएपछि मिलीजुली नै सरकार जानुपर्ने हुन्छ । तर मिले पनि राम्रो गर्नका लागि मिलौं । सरकार चलाउनका लािग मात्रै होइन । जे बोल्छौं त्यो गर्ने हो भने राम्रो हुन्छ । किनभने बोल्न त कसैले नराम्रो बोल्नु हुन्न । बोल्ने कुरा मन्त्रीहरुको राम्रै छ । चुनावमा भोट माग्न जाने कुरा राम्रै छ । त्यही गरिदिए त पुगिहाल्यो नि । बोलेका कुराहरु गरिदिए धेरै राम्रो हुन्छ ।’ 

अध्यक्ष तिमिल्सिनाले व्यवसायीहरुको हित प्रवद्र्धन गर्नका लागि आफूले कानुन निर्माणमा सक्दो सहयोग गर्ने बताए । उनले आफ्नो व्यवसायमा आवद्ध मजदुरहरुको सेवा, सुविधामा विशेष ध्यान दिन पनि व्यवसायीहरुलाई सचेत गराए ।

Logo