नेकपा माओवादी केन्द्रले वाम एकताका लागि पाँच सदस्यीय कार्यदल बनाएको छ।
शनिबार माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत छन्।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकता तयारी गरिएको छ। एकता प्रक्रिया सुरु गर्नका लागि आजै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको थियाे ।





























प्रतिक्रिया