माओवादीको वाम एकता कार्यदलले आजदेखि काम सुरु गर्ने

माओवादीको वाम एकता कार्यदलले आजदेखि काम सुरु गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)ले आजदेखि वाम दल एकताको काम सुरु गर्दैछ ।

माओवादीले शनिबार उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा वामपन्थी दलसँग एकता गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलले आइतबारदेखि काम सुरु गर्न लागेको हो । कार्यदलमा संयोजक महरासहित माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा, सचिव शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य रहेका छन्।

कार्यदलले संसद्भित्र र बाहिर रहेका सबै दलसँग एकताको लागि छलफल गर्नेछ । समिति सदस्य गुरुङका अनुसार कार्यदलले सबै दलसँग कुराकानी गरेर एकताको लागि पहल गर्नेछ । उपाध्यक्ष महराका अनुसार एकता हुन नसकेका दलसँग वाम मोर्चा गर्ने तयारी भएको छ । वाम एकताका लागि माओवादीले अग्रसरता देखाएको हो ।

साेही विषयमा शनिबार बिहान माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा छलफल गरेको बताइएको छ ।

Skip This
Skip This
Logo