राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पुस २८ भित्र दल दर्ता आह्वान

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पुस २८ भित्र दल दर्ता आह्वान

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरेको छ ।

आयोगले माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ । हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान र दर्ता गर्नुपर्ने व्यवस्था छ ।

Logo