संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो -प्रधानमन्त्री प्रचण्ड

संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँग निर्वाचनको बेला गरिएका सुशासन र समृद्धिका साझा प्रतिवद्धताहरु पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकठाउँमा उभिन आह्वान गरेका छन् । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले सोमबारबाट सुरु भएको प्र्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राजनीतिक दलहरु सामू जनताको अपेक्षा, गुनासो, चासो र चिन्तालाई तत्काल सम्बोधन गर्दै अघि बढनुको विकल्प नभएको पनि स्पष्ट पारे । जनताले आफूहरुलाई सुशासन र समृद्धिको सर्तसहित निर्वाचित गराएको उल्लेख गर्दै उनले त्यसलाई सार्थक बनाउन संसदलाई परीक्षा केन्द्रको रुपमा लिनुपर्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले जनताको निरन्तर निगरानीमा रहेको तथ्यलाई नभुली जनताको अपेक्षा पूरा गर्न नयाँ संसद सफल हुने विश्वास समेत व्यक्त गरे । उनले प्रतिक्रियाको नभई क्रियाको राजनीति गरेर मात्रै आफूहरुले मुलुकमा देखा परेका समस्याहरुको समाधानको सुत्र खोजी गर्न सकिने पनि स्मरण गराए । 

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा नयाँ दलहरुको प्रवेशलाई आफूले लोकतन्त्र र नागरिक सम्प्रभूताको जीतको रुपमा लिएको र संसदले त्यसलाई नयाँ पूँजीको रुपमा लिनुपर्ने बताए। उनले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे । 

आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्न यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने आफूले अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस काममा आफू सम्पूर्ण रुपमा केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गरे । 

Logo