राष्ट्रियसभा सदस्य एवम नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले नयाँ सरकारलाई मुलुकको अर्थतन्त्र अगाडि बढाउनेतर्फ केन्द्रित रही काम गर्न सुझाव दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा शुभकामना मन्तव्य दिँदै महासचिव भुसालले सरकारले अर्थतन्त्रलाई ठीक बाटोमा अगाडि बढाउन सल्लाह दिए । “वर्तमान सरकारले अर्थतन्त्रलाई ठीक दिशामा लैजान कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने देखिन्छ”, उनले भने, “धान, उखुलगायत किसानका उत्पादनलाई सरकारले समयमै खरिद गर्ने र बजारीकरणको व्यवस्था गर्नुपर्छ ।”
उनले राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँ बन्न नहुने तर्क गर्दै त्यसको समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिए । जनता समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले राजनीतिक स्थायित्व कायम गरी शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक वृद्धिमा ध्यान दिन आवश्यक रहेको बताए । मधेसमा अत्यधिक शीतलहरका कारण पीडित बनेकालाई राहत सहयोग उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराए ।





























प्रतिक्रिया