माओवादी पनि सरकारमा आउँछ, प्रदेशको नामाकरण उच्च प्राथमिकतामा -मुख्यमन्त्री कार्की

माओवादी पनि सरकारमा आउँछ, प्रदेशको नामाकरण उच्च प्राथमिकतामा -मुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

प्रदेश- १ मा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण उच्च प्राथमिकतामा रहेको बताएका छन् । 

सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणलाई सरकारले गम्भीर रुपमा लिएका बताएका हुन् । उनले प्रदेश सरकारमाथि जनताले आलोचना गरिरहेको बेला प्रदेश सरकारको औचित्य हुनेगरी जनतालाई छुने काम गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रले सरकारमा नजाने गरी गरेको निर्णयमाथि पनि छलफल हुने बताए । उनले भने, ‘केही दिनमा बसेर समस्या समाधान गर्छौं ।’ 

साथै विना विभागिय मन्त्रिपरिषद् विस्तार गरेको विषयमा एक दुई दिन भित्रका तीनै जना मन्त्रीलाई जिम्मेवारी दिने मुख्यमन्त्री कार्कीले प्रतिक्रिया दिए ।

Skip This
Skip This
Logo