काँग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा सुरक्षित छः उपसभापति खड्का

काँग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा सुरक्षित छः उपसभापति खड्का

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन् । 

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् । उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए । 

उपसभापति खड्काले नेपाली काँग्रेस प्रमुख प्रतिपक्षको भुमिकामा सुरक्षित रहेको पनि बताए । 

Logo