मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न लोसपा बैठक जारी

मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न लोसपा बैठक जारी

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेशको संसदीय दलको नेतामा देखिएको विवाद मिलाउनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक बसिरहेको छ ।

संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्न केन्द्रबाट दवाव गएको तर त्यसको सम्भावना नदेखेपछि मधेस प्रदेशका सांसदसहित संघका सांसद तथा पार्टीका पदाधिकारीहरूको बैठक बसेको हो । बैठक पार्टी अध्यक्ष ठाकुरको निवासमा जारी छ । लोसपाका नेता मनिष मिश्रकाअनुसार संसदसहितको शीर्ष नेताहरुको बैठकले मधेस प्रदेशको विवाद समाधान गर्ने बताए । सहमतिमै संसदीय दलको नेता चयन हुने बताउँदै उनले नेताहरुको बीचमा छलफल जारी रहेको बताए ।

यसअघि पनि संसदीय दलको नेता रहिसकेका लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले योपटक पनि दलको नेता बन्ने चाहना राखेका छन् । तर बहुमत सदस्यले प्रदेशसभा सदस्य अभिराम शर्मालाई अगाडि सारेपछि सर्वसम्मत हुन नसकेको हो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सो पार्टी सरकारमा जाने कि प्रतिपक्षमा बस्ने विषयमा बहस सुरु भएको छ । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन नै गरिसकेपछि सरकारमा सहभागी हुनमा कुनै आपत्ति हुनुनपर्ने कतिपय नेताले बताउँदै आएका छन् । तर पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरूले सरकारमा जान हतार गर्न नहुने बताउँदै आएका छन् ।  लोसपाले उठाउँदै आएको मागप्रति सरकारले हालसम्म ठोस रुपमा कुनै प्रतिकृया दिएको छैन । 

Logo