कांग्रेसले प्रदेश १ मा उपसभामुखमा उमेदवारी दिने

कांग्रेसले प्रदेश १ मा उपसभामुखमा उमेदवारी दिने

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ उपसभामुखमा  नेपाली कांग्रेसले उम्मेदवार उठाउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले उपसभामुखमा उम्मेद्वार उठाउने निर्णय गरेको हो । उदयपुरकी ६२ वर्षीया लिलाकुमारी राई र इलामकी ४९ वर्षीया खगेश्वरी पौडेलमध्ये एक जनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दुवै जनामध्ये सहमति गरेर एक जनालाई उम्मेदवारीका लागि तयारी गर्न दलको बैठकले निर्णय गरेको हो । दुवै जनाबीच सहमति हुन नसकेको अवस्थामा दलका नेता उद्धव थापाले निर्णय गर्ने सहमति भएको एक प्रदेश सांसदले बताए । तर दुवै जनामध्ये आदिवासी जनजाति प्रदेश सांसदको मत तान्न लिलाकुमारी राईलाई नै उम्मेद्वार बनाउने निश्चित भएको दलको बैठकमा सहभागी एक प्रदेश सांसदले बताए ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बिहीबार सर्वदलीय बैठकबाट उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना सार्वजनिक गरेका छन् ।

उपसभामुखको उम्मेदवारको प्रस्ताव शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउन समय दिइएको छ । उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध शुक्रबार साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म, उम्मेदवारी फिर्ता लिन साँझ ६ बजेदेखि ७ बजेसम्म र उपसभामुख उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

दलीय भागबण्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । एमालेले प्रदेश उपसभामुखमा उदयपुरकी ४६ वर्षीया सृजना दनुवारलाई उम्मेद्वार उठाउने निर्णय गरेको छ ।

Skip This
Skip This
Logo