संसदको स्थिरताका लागि वर्तमान सरकारलाई काँग्रेसको मत -सांसद पन्थ

संसदको स्थिरताका लागि वर्तमान सरकारलाई काँग्रेसको मत -सांसद पन्थ

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले सरकार र संसदको स्थिरताका लागि वर्तमान सरकारलाई काँग्रेसले विश्वासको मत दिएको बताएका छन् । 

शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद पन्थले सत्ता स्वार्थको लागि काँग्रेसले सरकारलाई विश्वासको मत नदिएको स्पष्ट पारे । उनले गठबन्धनभित्र ठूला दलहरुको दम्भ बढेको र साना दलहरुको बार्गेनिङ पावर बढेको भन्दै उनले दुवैलाई सन्तुलनमा राख्नका लागि काँग्रेस मैदानमा प्रवेश गरेको बताए । काँग्रेस खेलाडीको रुपमा नभइ रेफ्रीको रुपमा मैदान प्रवेश गरेको भन्दै आफुहरु खबरदारी गर्नका लागि मैदानमा आएको बताए ।  

जो कोही नभएपनि सरकार र संसद पाँच वर्ष चल्छ भन्नका लागि काँग्रेसले सरकारलाई विश्वासको मत दिएको सांसद पन्थले स्पष्ट पारे । उनले नेपाली काँग्रेस संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षक भएको उल्लेख गर्दै त्यसका बिरुद्धमा लाग्नेलाई कारबाही गरिने चेतावनी दिए । 
 

Skip This
Skip This
Logo