मधेश प्रदेशमा सभामुखको उम्मेदवारी दर्ता आज, नामावली पनि आजै प्रकाशन गरिने

मधेश प्रदेशमा सभामुखको उम्मेदवारी दर्ता आज, नामावली पनि आजै प्रकाशन गरिने

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता हुने भएको छ ।

प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताको लागि समय तोकिएको छ । दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आज दिउँसो साँढे ३ बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ । प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ ।

केन्द्रीय सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको टुङ्गो काठमाडौंबाट नै तय गरेको बुझिएको छ । सोही सहमती अनुसार जसपाले मुख्यमन्त्री पाएको छ । नेकपा एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने छन् । शुक्रबार मधेस प्रदेशको मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । 
 

Logo