सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।
शुक्रबार बिहान ११ बजे सभामुख चयनका लागि प्रदेश सभाको बैठक बस्ने भनिए पनि स्थगित भएको थियो। कांग्रेसले सभामुखको निर्वाचन प्रक्रिया फेरि सुरू गर्नुपर्ने अडान लिएको छ। कांग्रेस र एकीकृत समाजवादीले माघ २ गतेसम्म बैठक स्थगित गर्नुपर्ने भनिरहेका छन्। सत्तारूढ दलहरू भने अहिले नै सभामुखको निर्वाचन गरिनुपर्ने भनिरहेका छन्। यो विषयमा के हुने भन्ने विषयमा सर्वदलीय बैठकले निर्णय गर्नेछ।
सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । बैठकमा प्रदेश सभा सहभागी सबै दलका प्रतिनिधिहरू उपस्थित छन् । उनीहरुको सहमतिका आधारमा सभामुख निर्वाचनको मिति तोक्ने तयारी भइरहेको छ ।





























प्रतिक्रिया