चाडपर्वले राष्ट्रिय एकता थप सुदृढ गर्छ–राष्ट्रपति भण्डारी

चाडपर्वले राष्ट्रिय एकता थप सुदृढ गर्छ–राष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक र विविधतायुक्त नेपाली समाजमा चाडपर्वले नेपाली–नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्‍वास व्यक्त गरेकी छन् ।

माघे सङ्क्रान्ति (माघी पर्व)का अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वबाट प्रकृति र संस्कृति संरक्षणका साथै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् । विशिष्ट तथा मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्‍वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै यहाँको सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महवपूर्ण योगदान पुग्ने उनको धारणा छ ।

“माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वलाई विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्छन् । थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईवासीले माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गर्छन्,” सन्देशमा उल्लेख  छ ।

माघीका दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान गरी मठमन्दिरमा पूजा–अर्चना गरेपश्‍चात् घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार खाई रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ ।

Skip This
Skip This
Logo