कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदैछ।
सभामुख चयन गर्न मतदानको समय बिहान ११ बजेका लागि तोकिएको छ। सभामुखका लागि एमालेबाट नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी परेको छ। सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो। एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत छ। उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीका एक÷एक जना सांसदको समर्थन छ।
कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ। उम्मेदवार बनेका दुबै जना सुर्खेतका हुन्। पोखरेल प्रत्यक्षबाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन्।





























प्रतिक्रिया