पोखरा विमान दुर्घटनामा छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन

पोखरा विमान दुर्घटनामा छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन

केन्द्रबिन्दु
0
Shares

सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सो निर्णय गरेको हो । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठन भएको जाँच आयोगमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्साद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

आयोगलाई दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले आवश्यक निर्णय लिने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । 

काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । जहाज सेती नदीको खोचमा खसेको थियो । दुर्घटनामा हालसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

Skip This
Skip This
Logo