अब विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन सरकारकाे निर्देशन

अब विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन सरकारकाे निर्देशन

केन्द्रबिन्दु
0
Shares

सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । 

‘आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फ देशका सब वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा रहेका आफ्ना विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।’ बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।  

साथै बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ । यसबाट दुर्घटनामा परेकाका परिवार आफन्त लगायतले जानकारी लिनसक्ने छन् ।  

Logo