प्रधानमन्त्री प्रचण्ड विमान दुर्घटनास्थल पोखरा नजाने

प्रधानमन्त्री प्रचण्ड विमान दुर्घटनास्थल पोखरा नजाने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा नजाने भएका छन् । 

मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि प्रधानमन्त्री प्रचण्ड यती एयरलाइन्सको विमान दुर्घटनास्थल पोखरा जाने बताइए पनि भिआइपी जाँदा सुरक्षा जटिलता थपिने भएकाले सुरक्षा निकायको सुझावका आधारमा साे कार्यसूची स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 
 
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए । दुर्घटनास्थलबाट हालसम्म २९ जनाको शव निकालिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । घटनास्थलमा उद्धार कार्य जारी छ ।

Logo