हालसम्म ६४ जनाको मृत्यु भएको पुष्टि, पाँचको मात्रै सनाखत

हालसम्म ६४ जनाको मृत्यु भएको पुष्टि, पाँचको मात्रै सनाखत

केन्द्रबिन्दु
0
Shares

पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीका अनुसार दुर्घटनास्थलबाट ३० जनाको शव निकालेर पोखरास्थित गण्डकी अस्पतालमा पठाएको र ३४ वटा शव नदीको खोंचमा भेटिएका छन् । 

हालसम्म ५ जना मृतकको सनाखत भएको र बाँकीको शव पहिचान भइसकेको छैन । निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ । 

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए । घटनास्थलमा उद्धार कार्य जारी छ ।

Logo