सरकारलाई विश्वासको मत दिएका पार्टीका नेताहरूको बैठक मंगलबार बस्ने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार नेपाली कांग्रेससहित सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् । विश्वासका मत दिएका कारण कांग्रेससँग पनि छलफल गर्ने उनको भनाई छ ।
गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दल तथा स्वतन्त्र सांसदहरूले विश्वासको मत दिएका थिए। मतदानमा सहभागी भएका २७० सांसद्मध्ये विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २६८ जनाले मतदान गरेका थिए भने विपक्षमा २ मत मात्रै खसेको थियो ।
मन्त्रिपरिषद विस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच वालकोटमा आइतबार लामाे समय वार्ता भएको थियो ।































प्रतिक्रिया