जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक मंगलबार बस्दै छ ।
बैठक आज दिउँसो २ बजे पार्टी कार्यालयमा बस्नेछ । वर्तमान विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको पार्टी प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपाले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै सरकारमा नजाने अडान लिएपछि आजको शपथमा भाग लिएको छैन । जसपाबाहेकका मन्त्रीहरुले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।





























प्रतिक्रिया