सभामुख निर्वाचनको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीको बैठक जारी

सभामुख निर्वाचनको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसिरहेको छ ।

देउवा निवास धुम्बाराहीमा जारी बैठकमा सभामुखको निर्वाचनको तयारीका विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्ण पौडेलले बताए । संसद्‌मा बुधबार सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची रहेकोमा कांग्रेसले भने अझै सभामुखका लागि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्क्योल गरिसकेको छैन । पार्टीले उम्मेदवारी नदिने भएको खण्डमा कसलाई समर्थन भन्नेलगायतका विषयमा छलफल हुनेसमेत पौडेलले बताए । कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जनाएको छ ।

Skip This
Skip This
Logo