एमालेले देवराज घिमिरेलाई सभामुखकाे उम्मेदवार बनाउने

एमालेले देवराज घिमिरेलाई सभामुखकाे उम्मेदवार बनाउने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ।

बुधबार १ बजे घिमिरेको उम्मेदवारी दर्ता हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए। ‘अहिले अध्यक्षबाट घिमिरेलाई बनाउने खबर आयो,’ उनले भने, ‘आज १ बजे उम्मेदवारी दर्ता हुन्छ।’ २०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा–२ बाट निर्वाचित भएका हुन्।

उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज समेत हुन्। नेकपा एमालेमा घिमिरे कमैमात्र अवसर पाएका नेताका रूपमा चिनिन्छन्। सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन । सभामुखबारे छलफलका लागि कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्किन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो ।

सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ। गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनेछन् । सभामुखको निर्वाचन बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Skip This
Skip This
Logo