छिट्टै मन्त्रीहरुको कार्यविभाजन हुन्छः मुख्यमन्त्री कार्की

छिट्टै मन्त्रीहरुको कार्यविभाजन हुन्छः मुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन हुने बताएका छन् । उनले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गरे । 

झापाको गौरादहमा आज पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताएन । उनले मन्त्रालयको सङ्ख्या नौ पु-याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताए । मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने उनले बताए ।

उनले सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने बताए । 

मुख्यमन्त्री कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामाकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने जानकारी गराए । 

Skip This
Skip This
Logo