घिमिरे सभामुख पदको सुयोग्य पात्रः मन्त्री लिङ्देन

घिमिरे सभामुख पदको सुयोग्य पात्रः मन्त्री लिङ्देन

केन्द्रबिन्दु
0
Shares

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् । 

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री लिङ्देनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन् । उनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताए । संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको उनले बताए । 
 
मन्त्री लिङदेनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे । 

Logo