काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि सुरु भएको छ। तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाको पहिलो कार्यकारिणी बैठक तुलसीलाल प्रतिष्ठानको हलमा आजदेखि सुरु भएको हो ।
बैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना नेता सहभागी हुनेछन् । दुई पार्टी बीच गरिएको एकीकरणपछि जसपा बनेको हो । आजको बैठक पछि पार्टीको आगामी दिनको कार्ययोजना बनाइने छ ।





























प्रतिक्रिया