गृहमन्त्री लामिछानेसँग बेलायती राजदूतकाे शिष्टाचार भेटवार्ता

गृहमन्त्री लामिछानेसँग बेलायती राजदूतकाे शिष्टाचार भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । 

भेटका अवसरमा सबैभन्दा पुरानो दौत्यसम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको सचिवालयको भनाइ छ ।

Skip This
Skip This
Logo