कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए। शर्माले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ। शुक्रबार विहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची सार्वजनिक गरिने कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपानेले जानकारी दिइन्।

हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।  यद्यपि १ विना विभागीय मन्त्रीको रुपमा विनोद कुमारशाह र मङ्गल शाही नियुक्त भएका छन्। 

Skip This
Skip This
Logo