अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन

अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन्।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्रीसमेत रहेका पुन शुक्रबार डिस्चार्ज भएका हुन् । पुनको स्वास्थ्यमा केही सुधार आएपछि फलो अप उपचारलाई जारी राख्नेगरी डिस्चार्ज गरिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । 

केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र रोल्पा पुगेका उनी स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना भएका थिए । उनलाई आज मात्रै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका लिएका थिए । 

वंशाणुगत जण्डीसबाट पीडित पुनको कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले अबको उपचार प्रत्यारोपण नै रहेको चिकित्सकहरुले सुझाव दिइसकेका छन् । उनले यसअघि थाइल्यान्ड र चीनमा उपचार गराउँदै आएका थिए । 

Logo