प्रदेश १ का मन्त्रीहरूले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?

प्रदेश १ का मन्त्रीहरूले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रीहरूको जिम्मेवारी तोकेका छन्। प्रदेश सरकारका १३ वटा साविकका मन्त्रालय संख्या घटाएर ९ वटा कायम गरेसँगै मुख्यमन्त्री कार्कीले विना विभागिय बनेका ६ जना मन्त्रीको जिम्मेवारी तोकेका हुन् । 

एमालेका तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, माओवादीका दुर्गाप्रसाद चापागाईँलाई सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, राप्रपाका भक्ति सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय तथा माओवादीका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 

साथै एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ भने मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय हालका लागि आफैसँग राखेका छन् । 

Logo