भोट माग्दा गरेका बाचाहरुको हेक्का छ, जनताको लाइफलाइन बदल्छु -गृहमन्त्री लामिछाने

भोट माग्दा गरेका बाचाहरुको हेक्का छ, जनताको लाइफलाइन बदल्छु -गृहमन्त्री लामिछाने

केन्द्रबिन्दु
0
Shares

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भोट माग्दा गरेका बाचाहरुको हेक्का हेको बताएका छन् ।

सरकारमा गएसँगै लामिछानेको विगतको अभिव्यक्तिबारे विभिन्न टीकाटिप्पणी भइरहेको बेला उनले यस्तो बताएका हुन् । ‘भोट माग्दा गरेका बाचाहरुको हेक्का छ’, उनले सामाजिक सञ्जालमार्फत शनिबार भनेका छन्, ‘हिजो बोलेका हरेक शब्द शब्दको हेक्का छ ।’ यद्यपि धुलो धेरै भएकाले थोरै समय पर्खिनुपर्ने उनको भनाइ छ ।

लामिछानेले भनेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन । तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुचाहिँ पर्छ ।’ उनले फरार अभियुक्तहरु समातिने मात्रै नभएर धेरै नयाँहरू फरार हुन नपाउन् भन्नेमा पनि हेक्का रहेको बताएका छन् ।

शुक्रबारमात्रै एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यस प्रकरणमा पनि उनलाई जोडेर विभिन्न टीकाटिप्पणी भइरहेको छ ।

Skip This
Skip This
Logo