प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले बोलाएको सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी छ ।
सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि पहिलो पटक बैठक बोलाएका हुन् । बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।
शनिबार प्रतिनिधि सभाको उपसभामुख चयनका लागि मतदान हुँदैछ । त्यसैको पूर्व सन्ध्यामा सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाएका हुन् । घिमिरे गत माघ ५ गते १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए ।





























प्रतिक्रिया