काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाविरुद्धको अभियानमा सरकार गम्भीर बन्नु पर्ने सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनस्वास्थ्य विज्ञसँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्रीले आफ्नै पार्टीका नेताहरु गम्भीर नभएको गुनासाे गरेका थिए ।
कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै सामाजिक संजाल ट्वीटरमा भनेका छन्, “प्रश्न,आरोप र मुद्दाभन्दा पर हुन्छ मान्छेको जिन्दगी ! आउनोस् गम्भीर बनौं ! सरकार, प्रतिपक्ष या निस्पक्ष जहाँ भए’ नि गम्भीर बनौं ! @Pm_Nepal भन्नुहुन्छ – कोरोना संकटप्रति नेकपाकै साथीहरू गम्भीर छैनन् ! सर्वप्रथम सरकारलाई गम्भीर बनाऔं प्रमज्यु, तब सबैलाई गम्भीर बनाउन सकिन्छ !”
































प्रतिक्रिया