शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताएका छन् ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै शिक्षा मन्त्री खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता एने ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताएका हुन् । उनले आफू सो ऐन ल्याउने कुराप्रति अत्यन्तै सचेत रहेको स्पष्ट पारे ।
उनले सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि दुवै कुरालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै छिटोभन्दा छिटो ति ऐनहरुलाई सांसदहरुको हातसम्म पु-याउने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री खनालले नेपाल विश्वविद्यालयको आवश्यकता अध्ययनका लागि विदेशिनुपर्ने बाध्यतालाई रोक्नका लागि भएको बताए । विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षाको अवसर हुँदा नेपालको आर्थिक विकास हुने र अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने उनले बताए ।































प्रतिक्रिया