कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माले बुधबार माओवादी केन्द्रका कृष्णबहादुर जिसीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र भीमप्रकाश शर्मालाई भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री, एमालेका टेकराज पछाईलाई सामाजिक विकास मन्त्री र जीतबहादुर मल्ललाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । 

चारै जना नवनियुक्त मन्त्रीहरूले आजै प्रदेश प्रमुख तिलक परियारसमक्ष शपथ लिएका हुन् । 

साथै यसअघि विना विभागीय मन्त्रीमा नियुक्त भएका विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्री र मंगलबहादुर शाहीले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रीको जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या ८ बाट ७ वटामा घटाएपछि मन्त्रिपरिषदले पनि पूर्णता पाएको हो । 

Logo