अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक छन्, त्यो चुनौति हो -प्रधानमन्त्री

अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक छन्, त्यो चुनौति हो -प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । 

बिहीवार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताए । आफूलाई अर्थतन्त्र चलायमान र गतिशिल बनाउने चुनौति रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए । उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिवद्धता जनाए ।  

उनले आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिवद्धता गरेको बताए । 

Skip This
Skip This
Logo