अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

अमेरिकी उपमन्त्री नुल्याण्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन् ।

दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाण्डौँ आइपुगेकी उनले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत् एजेन्डामा छलफल गर्न लागेकी हुन् । उनले सोमबार  प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यद्यपि भेटवार्ताको समय भने सार्वजनिक गरिएको छैन । भेटमा एमसीसी परियोजना कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै, अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्नेछिन् । 

Logo